काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागू गर्ने सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले हस्ताक्षर गरेका छन् ।
यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्यांकन, कर्जाका कागजात र कर्जा स्वीकृतिको प्रक्रियालाई स्वचालित र डिजिटाइज गर्न मद्दत गर्ने बताइएको छ । यस प्रणालीको परिचयसँगै बैंकले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्दा ग्राहकसम्बन्धी जोखिम मापदण्ड प्रणालीभित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्वीकृति प्रक्रियामा सहयोग हुने अपेक्षा गरिएको छ । एसबी सोलुसन्सले फिनटेक र बैंकिङ उत्पादन तथा प्रक्रियाको कर्जा डिजिटाइजेशन र स्वचालनमा काम गर्दै आएको छ ।