काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका ग्राहकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा विभिन्न सेवा तथा सुविधामा छूट पाउने भएका छन् । बैंक र रिसोर्टबीच छूट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले उक्त रिसोर्टमा खानामा २० %, पेय पदार्थमा १० % र रुम चार्जमा १५ % सम्मको छूट पाउनेछन् । यो सुविधा एक वर्षसम्म दिइने बैंकले आज (बिहीवार) जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कुटी रिसोर्ट आधुनिक सुविधासहितको थ्री–स्टार स्तरको रिसोर्ट हो।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ ओटा एटीएममार्फत बैंकिङ सेवा दिइरहेको छ ।