काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ‘प्याथोलोजी टेष्ट’ शुल्कमा १५ प्रतिशत छूट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र डायग्नोष्टिकका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार बैंकका ग्राहकले डायग्नोष्टिकमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छूट पाउनेछन् । ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट फरकफरक विधामा बैंक सम्मानित भएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.