काठमाडौं । युनिलिभर नेपालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ ।
कम्पनीले डोभमार्फत् बुधवार एन्फा कार्यालयमा आयोजित कार्यक्रममा ट्राभल किट हस्तान्तरण गरेको हो । डोभ नेपाली राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पोन्सर पर्सनल केयर ब्रान्ड हो ।
‘राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तीकरण र आत्म–आश्वासनलाई बढावा दिने डोभको उद्देश्यलाई झल्काएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।