काठमाडौं। युनिलिभर नेपालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पन्सर रहेको आफ्नो पर्सनल केयर ब्रान्ड ‘डोभ’मार्फत राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । खेलाडीलाई उनीहरूको सफलतातर्फको यात्रामा सघाउन डोभले आफ्नो ब्रान्डको हेरचाह, सशक्तीकरण र आत्मविश्वासको प्रतिबद्धतासहित भविष्यका लागि दिगो प्रभाव छोडेको बताइएको छ ।
महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख खेलसँग जोडिएर युनिलिभरले परम्परागत प्रायोजनभन्दा दर्शकसँग भावनात्मक सम्बन्धलाई जोड दिएको कम्पनीले बताएको छ । फुटबल जस्तो महत्त्वपूर्ण खेल प्रवर्द्धनमा संलग्न भई कम्पनीले सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको विज्ञप्तिमा उल्लेख छ ।
युनिलिभरले महिला खेलाडीको भविष्यमा राष्ट्रिय महिला फुटबल टोलीले पार्न सक्ने महत्त्वपूर्ण प्रभावलाई बुझेर सम्मान गरेको समेत बताएको छ । यस सहकार्यले महिलामा सशक्तीकरण र आत्म–आश्वासन बढाउने अपेक्षा कम्पनीको छ । साथै यसले डोभको निरन्तरको मिसनलाई झल्काएको बताइएको छ ।