डा. भोजराज अर्याल
गगनचुम्बी र व्यवस्थित घरहरु र हान नदीको किनारैकिनार गुडिरहेका गाडीहरु हेर्दा पृथ्वीकै सुन्दरतम ठाउँमा आएको अनुभव भयो । टावरबाट निस्केपछि ताजमहल नामको एक नेपाली रेष्टुराँमा खाना खायौं । बेलुका ४ बजेतिर ओलम्पिक स्टेडियम हेर्न गयौं ।
बुसान इण्टरनेशनल एडभर्टाइजिङ फेष्टिभल ‘एड स्टार्स २०१२’ ले दक्षिण कोरिया मुलुक घुम्ने अवसर जुराइदियो । सो विज्ञापनसम्बन्धी प्रतिस्पर्धामा निर्णायक हुन मसहित विश्वका चर्चित विज्ञापनविज्ञहरू अष्ट्रेलियाका स्कट ल्यामवर्ट, बेलायतका पाउल सेरर र चीनका केभिन लीलगायतलाई निम्त्याएको थियो । ठूला विज्ञापनदातादेखि प्रतिस्पर्धी चर्चित विज्ञापन निर्माताहरूको उपस्थिति रहेको उक्त कार्यक्रम अगष्ट २३ देखि २५ सम्म आयोजना भएको थियो ।
अगष्ट २० मा हामी राति कोरिया पुग्यौं र होटल डेभिडमा बस्यौं । भोलिपल्ट होटलबाहिर निस्केपछि कोरियाको विकाससँग साक्षात्कार हुने अवसर पाइयो । चौडा सडक, व्यवस्थित घरहरू, फलाई ओभर, सब–वेलगायतले शहरको सम्पन्नता झल्काइरहेका थिए । हमीले मुख्य शहर घुम्नका लागि सोही दिन ३ लाख ५० हजार वनमा एक भ्यान रिजर्भ गर्यौ । म र मेरी पत्नी कमलासँगै रहेका नेपाल विज्ञापन सङ्घका महासचिव सन्तोष श्रेष्ठ, उनकी पत्नी शीला र विज्ञापनकर्मी उजय शाक्य ३० वर्षअघि नेपाल र अन्य मुलुकबाट खाद्यान्न आयात गर्ने मुलुकले विकासमा गरेको चमत्कार देखेर दङ्ग थियौं । सोल शहरको विकासमा हान नदीको ठूलो योगदान रहेछ । करीब ३० वर्षअघि हान नदी अहिलेको हाम्रो वाग्मती जस्तै फोहोर थियो रे । तर, अहिले एकदम सफा छ ।
त्यो दिन हामी सोल टावर र ओलम्पिक स्टेडियम मात्र घुम्न भ्यायौं । ८० तले सोल टावरबाट हेर्दा हान नदीको किनारमा अवस्थित शहर हामीले कल्पना गरेभन्दा बढी विकसित देखियो । गगनचुम्बी र व्यवस्थित घरहरू र हान नदीको किनारैकिनार गुडिरहेका गाडीहरू हेर्दा पृथ्वीकै सुन्दरतम ठाउँमा आएको अनुभव भयो । टावरबाट निस्केपछि ताजमहल नामको एक नेपाली रेष्टुराँमा खाना खायौं । बेलुका ४ बजेतिर ओलम्पिक स्टेडियम हेर्न गयौं । सन् २००२ को ओलम्पिक आयोजना भएको उक्त स्टेडियम भव्य थियो । सधैं टेलिभिजनमा देख्दै आएको स्टेडियम भित्र गएर हेर्नुको आनन्दै बेग्लै थियो । थाहा भएअनुसार सन् २००२ मा ओलम्पिक गेमको सफल आयोजनापछि कोरियाको विकासको रफतार अझ बढ्न पुगेको छ । त्यसले कोरियाली जनताको मनोबल पनि उकासेको रहेछ ।
अगष्ट २२ का दिन हामी डीएमजी (डिमिलिटरराइज्ड जोन अर्थात्, उत्तर कोरियासँगको सीमा) घुम्न जाने निधो गर्यौ । युनिसेफको जागीरको सिलसिलामा उत्तर कोरियामा बसेका रमेश भुसालले उक्त ठाउँ घुम्नैपर्ने बताएका थिए ।
प्रतिव्यक्ति ४६ हजार वनमा ‘हाफ डे टुर’अन्र्तगत दुई कोरियाको सिमानामा पुग्दा त्यहाँ सयौं पर्यटकको घुइँचो थियो । हामी उत्तर कोरियाले युद्धका बेला बनाएको सुरुङमा पनि गर्यौ । फलामे टोपी लगाएर जानुपर्ने उक्त सुरुङमा हामी करीब २ किलोमिटर अघि पुगेर फर्कियौं । सुरुङले देश टुक्रिँदाको पीडा झल्काइरहेजस्तो लाग्थ्यो । आफ्नै दाजुभाइसँग लड्नका लागि त्यस्ता लामा सुरुङ बनाइएको देख्दा अचम्म र दुःख लाग्यो । अहिले पनि दुई कोरियालीबीच फोन सम्पर्कमा बन्देज लगाइएको रहेछ । उत्तर कोरियाका बारेमा कुरा गर्न कोही तयार थिएनन् ।
डीएमजीबाट फर्किंदा गाडीको एफएम रेडियोमा दुई जनाको संवाद सुनियो । त्यसपछि गाडी, कार, रेल सबै रोकिए । हिँडिरहेका मानिस नजिकको बङ्करभित्र गए । त्यहाँ उत्तर कोरियाले आक्रमण गरिहालेमा कसरी बच्ने र मुकाबिला गर्ने भनेर प्रत्येक महीना १५ मिनेट अभ्यास गरिने रहेछ । हामीले देखेको त्यही अभ्यास रहेछ । त्यसै दिन बेलुका हामी सोल सिटी सेण्टर, राष्ट्रपति निवास रहेको ग्रीन हाउस र लोट्टे वल्र्ड फन गयौं । एउटै भवनमा बिदाका दिनमा बच्चाहरूसँग समय बिताउन मिल्ने लोट्टे वल्र्ड फनपार्क घुम्नै ४ घण्टा लाग्ने रहेछ । त्यहाँ स्काई ट्रेन, घोडचढीलगायत खेल खेल्न पनि मिल्ने रहेछ ।
भोलिपल्ट हामी केटीएक्स सुपर ट्रेनबाट ६ सय किमीको यात्रा गरी बुसान शहर गयौं । बुसान कोरियाको दोस्रो ठूलो शहर हो । प्रतिघण्टा ३ सय देखि ३ सय ५० किमीको गतिमा हिँड्ने रेलबाट त्यति लामो दूरी ( काठमाडौंबाट महेन्द्रनगरभन्दा टाढा) मात्र २ घण्टा ४५ मिनेटमा पार गर्यौ । बुसान ट्रेन स्टेशनमा मिस ली हामीलाई स्वागत गर्न आइपुगेकी थिइन् । लीले हामी ४ जनालाई कारमा ग्राण्ड होटल लगिन् । १ हजारभन्दा बढी कोठा रहेको उक्त पाँचतारे होटलको पूर्वपट्टि समुद्री किनार छ । समुन्द्रको अर्को किनारमा जापानको फुकुवा टापु रहेछ । पानी जहाजबाट २ घण्टामा पुगिने रहेछ जापान ।
अगष्ट २३ साँझ साढे चार बजे ‘एड स्टार्स’को उद्घाटन भयो । कार्यक्रममा कोरियाली सेलिबेट्रीको बाक्लै उपस्थिति थियो । त्यहाँ अमेरिकी कास स्त्री, कोरियाली सुनमी पार्क, जापानी युकि योनाकायामा साथै, अलान कोउल्ड्री, मार्टिन मेहर, आडम नोएलजस्ता विश्वका चर्चित विज्ञापनविज्ञसँग भेट गर्ने र कुरा गर्ने अवसर मिल्यो । विज्ञापन सृजनाको मूल्याङ्कन गर्दा अपनाउनु पर्ने सजगता, विज्ञापनले पारेको सामाजिक प्रभाव, वस्तुको लोकप्रियता, कम्पनीको उद्देश्य आदिलाई ध्यान दिने विषयमा कुराकारी भयो । त्यहाँ नेपाललाई पहाडी र बुद्ध जन्मेको मुलुकका रूपमा लिँदा रहेछन् त्यसैले बुसानका मेयरले हामीलाई बढी नै सम्मान गरे । डिनरमा भने हामीले फलफुलमात्रै खायौं । त्यहाँ बिफको प्रचलन धेरै भएकाले कुन खाना हाम्रा लागि ठीक हो भन्ने थाहा पाउन सकिएन ।
२४ अगष्टका दिन हामी सेमिनार हल नजिकै रहेको विश्वकै ठूलो इसाचन सुपर मार्केट गयौं । विश्वप्रख्यात कम्पनीका उत्पादनले भरिभराउ उक्त सुपर मार्केटमा २ घण्टा घुम्दा पनि केही किन्ने आँट गर्न सकेनौं । एउटा निकै मन परेको टपको मूल्य नै ६ लाख वन (६० हजार रुपैयाँ) पर्ने रहेछ । नकिनी फक्र्यौं । हामी ग्राण्ड होटलको १७ औं तलामा बस्थ्यौं । त्यहाँबाट बुसान शहरका धेरै भाग देख्न सकिन्थ्यो । बेलुका बुसान शहरका मेयरले आयोजना गरेको डिनरमा गयौं ।
कोरियामा सब वे ट्रेनको यात्रा सस्तो पर्ने रहेछ । नेपालीले बुसान र सोलमा पनि रेष्टुराँ चलाउने, उद्योगमा काम गर्ने, ट्याक्सी चलाउने काम गर्दा रहेछन् । आम्दानी पनि राम्रो हुने रहेछ । इपीएसअन्तर्गत कोरिया जाने कामदारले ५० हजार रुपैयाँ सजिलै बचाउन सक्ने अवस्था रहेछ । एड स्टार्सको समापनका दिन दिउँसो बुसानमा रहेको नेपाली रेष्टुराँ ‘नमस्ते’मा गएर नेपाली खाना खायौं । रेष्टुराँका प्रबन्धक नारायण शर्मा, बाग्लुङबाट त्यहाँ पुगेका रहेछन् । २६ तारिखका दिन बुसानबाट सोल आयौं ।
त्यहाँको नाम्देन मार्केटमा शपिङ गर्यौ । सोलमा हामीले प्रयोग गरेको ट्याक्सीका ड्राइभर रिटायर्ड प्रोफेसर रहेछन् । बिदाको बेला पहिले पनि ट्याक्सी चलाउने उनलाई काम गर्दा आनन्द आउने रहेछ । त्यस्तै हामीलाई होटलबाट इचान इयरपोर्ट पुर्याउने ट्याक्सीका ड्राइभर तेक्वान्दोका माष्टर रहेछन् । त्यहाँ कामलाई सम्मान र महत्व दिइने रहेछ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.