काठमाडौं। डिजिटल वालेट ‘आइएमई पे’ र शैक्षिक पोर्टल, एडु सञ्जालबीच ‘एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिप’को सम्झौता भएको छ ।
यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरको साझेदारी भएको हो । साझेदारीपश्चात् पहिलो दुई सय विद्यार्थीले आइएमई पे एपमार्फत एक रुपैयाँमा एडु सञ्जालले प्रदान गर्दै आएको एलएमएस–बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने बताइएको छ ।
यसको अतिरिक्त एडु सञ्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइनअप गरेका विद्यार्थी प्रयोगकर्ताले यस एपमा सञ्चालन हुने ‘आइएमई क्वीज’ नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने बताइएको छ ।