जनकपुरधाम । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालय धनुषाबाट विभिन्न घटनाका फरार ८ सय ७९ जना भन्दा बढी आरोपित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीअनुसार भन्सारमा चोरी निकासीका समान पक्राउबाट ९ करोड ५६ लाख ३ हजार भन्दा बढी रकम राजस्व संकलन गरिएको जानकारी दिए ।
लागु औषध गॉजा ६०७.३९८ किलो,ब्राउन सुगर १४१.४६ ग्राम , नाइटरेभेट टयाबलेट ३ हजार २५८ पिस, सिमपलेकस ४९५ कयापशुल ,एसपलेन ३४ बोतल,नाइटराजेपाम ३५४० पिस , नाइट्रोसम ४७ पिस , कोडिवेल २७ बोतल बरामद गरिएको एसपी तिवारीले बताए ।
त्यस्तै साइबर क्राइमबाट ३२० ओटा निवेदन प्राप्त भएकोमा सम्बन्धित कार्यालयमा २७८ ओटा कारवाहीका लागि पठाइएको छ भने ४० ओटाको काम सम्पन्न भइसकेको छ । अनुचित लेनदेन मिटर ब्याजी तर्फ १ हजार १ सय ४५ ओटा निवेदन दर्ता भएकोमा ६ सय २ ओटा मुद्दा फर्छौट भएको र २० ओटा मुद्दा दर्ता भएको एसपी तिवारीले बताए ।
उनले भने मिटर ब्याजीको घटना तरफ दरता भएको मुद्दामा २५ विघा ८ कठठा भनदा बढी जगगा पिडितलाई फिरता गराइएको र २४ करोड ५९ लाख भनदा बढी रकम साहु महाजनको असुल गराइएको बताए । साथै जिल्लाका विभिन्न स्थानमा ७४ ओटा नयॉ सिसिटीभी जडान र ६२ ओटाको मरम्मत गराइएको जानकारी एसपी तिवारीले दिए ।
एसपीका अनुसार सवारी दुर्घटना मा निकै नयूनिकरण भएको बताए । उनले भने गत तिन वर्षको तथ्यांक हेर्दा पछिललो आव. मा १ हजार ९० सवारी दुर्घटना भएको जसमा ७३ जनाको मृत्यू , ४०५ गम्भीर घाइते र १ हजार ३ सय २० जना सामान्य घाइते भएको बताए ।
जिल्लामा बैकिंङ कसुरको मुद्दामा कमी नआएको बताउँदै उनले पछिललो आर्थिक वर्षमा १७४ ओटा मुद्दा दर्ता भएकोमा ७७ ओटा मात्र फर्छौट भएको र ९८ ओटा फर्छौट गरन बॉकी छन् । आव. ०७८/७९ मा मात्र ७० ओटा र ०७९/८० मा १११ ओटा मुद्दा दर्ता भएको थियो ।
एसपी तिवारीका अनुसार आत्माहत्याको घटनामा केही कमी आएको देखिएको छ । गत वर्ष १ सय ५२ ओटा घटनाको मुद्दा भएको थियो भने आव. ०७८/७९ मा १७२ ओटा र ०७९/८० मा २१३ ओटा मुद्दा दर्ता भएको थियो ।
जबरजस्ती करणी ( बलात्कार ) घटनामा समेत कमी आएको उनले दाबी गरे । उनका अनुसार गत आव. मा ३१ ओटा घटना को मुद्दा दर्ता भएको छ । जबकि यस अघि आव. ०७८/७९ मा ४९ ओटा र ०७९/८० मा ४२ ओटा मुद्दा दर्ता भएको थियो ।