काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ३७ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म ४ करोड ४९ लाख रूपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष इम्पेरमेन्ट चार्ज बढेकाले सञ्चालन नाफासँगै खुद नाफामा असर परेको हो ।
गत वर्ष १८ करोड १५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष २० करोड ३९ लाख रूपैयाँभन्दा बढी रहेको हो । गत वर्ष ९ करोड २२ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफामा रहेको कम्पनी यस वर्ष भने ५ करोड ३७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियममा ९५ लाख ४५ हजार रूपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग ८ करोड ३१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ७१ करोड ८३ लाख रूपैयाँभन्दा बढी रहेको छ । यस वर्ष कम्पनीले १३ अर्ब ९९ करोड ८६ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १० अर्ब ७१ करोड ४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ८ दशमलव ९२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ७ दशमलव ३० प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर ५ रूपैयाँ ७३ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५१ रूपैयाँ ५९ पैसा रहेको छ ।