logo
एमबीएल इक्वीटी फण्डको इकाई बाँडफाँट
एमबीएल इक्वीटी फण्डको इकाई बाँडफाँट
१५ चैत्र २०८१

काठमाडौं । एमबीएल इक्विटी फण्डको इकाई बाँडफाँट भएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटडले नयाँ योजना सञ्चालनका लागि फागुन २२ देखि चैत ७ गतेसम्म निष्कासन गरेको इकाई चैत १४ गते बाँडफाँट गरेको हो ।

मागभन्दा बढी संख्यामा आवेदन पर्न आएकाले योजनाको आकार वृद्धि गरी १२ करोड १६ लाख २५ हजार ३३० इकाई कायम गरी बाँडफाँट गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।

रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकलाई १० करोड ३३ लाख ८१ हजार ५३० इकाई तथा बीज पूँजीबापत् कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकलाई १ करोड ६८ लाख र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई १४ लाख ४३ हजार ८०० इकाई बाँडफाँट गरिएको हो ।

क्यापिटलले १२ वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालन गर्न लागेको हो । यसअघि १२ करोड इकाई जारी गर्ने योजना बनाइएकोमा मागभन्दा बढी आवेदनको आधारमा आकार बढाइएको हो । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.