काठमाडौं। नेपाली अटोमोबाइल उद्योग एमएडब्ल्यू वृद्धि ‘डोङफेङ प्यासेन्जर भेइकल’को आधिकारिक वितरक बनेको छ । योसँगै कम्पनीको उत्पादन ‘नामी ०१’ नेपाली बजारमा उपलब्ध हुने भएको छ । यसले नेपालको ह्याचब्याक सेगमेन्टमा नयाँपन ल्याउने कम्पनीको अपेक्षा छ ।
प्रिमियम इलेक्ट्रिक ह्याचब्याक ‘नामी ०१’ मा ४०३०/१८१०/१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्वीलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्वील रहेको बताइएको छ । यसमा भएका सेगमेन्ट फस्र्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन्यभन्दा फरक देखाएको कम्पनीको भनाइ छ ।
४२ दशमलव ३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याकद्वारा सुसज्जित यो गाडीले ४३० किलोमिटरको रेन्ज दिने बताइएको छ । डीसी चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । एमएडब्ल्यू वृद्धि एमएडब्ल्यू ग्रुपअन्तर्गतको कम्पनी हो