काठमाडौं। नेपालका लागि दिपल, सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरी ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । कम्पनीले बुटवलको कालिकानगरस्थित क्लब डेनोभोमा कात्तिक २७ देखि तीनदिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्ने भएको हो ।
मेलामा ईभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल प्रिबजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा, सेरेस नाडा अफरको मूल्य ४५ लाख ४९ हजार रुपैयाँ र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर नि:शुल्क पाइने बताइएको छ ।
यो अवधिमा टप थ्री रिकन्डिसन हाउसबाट ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्ल्यू वृद्धिबाट ‘एक्सचेन्ज बोनस’ पाउने भएका छन् । यसका साथै ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने बताइएको छ । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’को व्यवस्था पनि गरिएको यी गाडी ८ दशमलव ४९ प्रतिशतको निश्चित ब्याजदरमा खरीद गर्न सकिने बताइएको छ ।