काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)अन्तर्गतका परियोजना पनि ९० दिनका लागि स्थगित गरिएको छ ।
अर्थमन्त्रालयले मंगलवार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा एमसीसीले यही फागुन २ गते इमेलमार्फत उक्त परियोजना ९० दिनका लागि स्थगित गरेको जानकारी दिएको उल्लेख छ ।
उक्त परियोजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा तत्कालका लागि स्थगन गरिएको बताइएको छ ।
यसअघि ट्रम्पकै कार्यकारी आदेशमा अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआईडी)का परियोजना ९० दिनका लागि स्थगित गरिएका थिए ।