काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डायनामिक डेप्ट फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य कात्तिकको तुलनामा मङ्सिरमा बढेको छ । कात्तिक मसान्तसम्म रू. १० दशमलव २८ रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य मङ्सिर मसान्तसम्म रू. १० दशमलव ३३ रहेको हो ।
कात्तिक मसान्तसम्म रू. ५० करोड ९५ लाखभन्दा बढी रहेको योजनाको खुद सम्पत्ति मङ्सिर महीनामा बढेर रू. ५१ करोड २८ लाखभन्दा बढी कायम भएको छ । खुलामुखी प्रकृतिको यो योजना २०७७ सालदेखि सञ्चालनमा रहेको छ ।
मङ्सिर मसान्तसम्म योजना रू. १ करोड २४ लाखभन्दा बढी नाफामा रहेको छ । कात्तिक महीनाको तुलनामा योजनाको नाफा बढेको हो । कात्तिक महीनामा योजना रू. ९८ लाख ७२ हजारभन्दा बढी मात्र नाफामा रहेको थियो । योजनाको जम्मा आम्दानीसँगै नाफामा वृद्धि भएको हो । कात्तिक महीनामा रू. १ करोड ३४ लाखभन्दा बढी आम्दानी गरेको योजनाले मङ्सिर महीनामा रू. १ करोड ६७ लाखभन्दा बढी आम्दानी गरेको हो ।
धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले मङ्सिर मसान्तसम्म रू. ३९ करोड ६३ लाखभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको लागत मूल्यभन्दा बजार मूल्य थोरै छ । मङ्सिर मसान्तसम्मको तथ्यांकअनुसार योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य रू. ३९ करोड ५२ लाखभन्दा बढी रहेको हो । यस अवधिसम्म योजनाले बैंक मुद्दति निक्षेपमा रू. ६ करोड लगानी गरेको छ ।