काठमाडौं । एनआईबिएल प्रगति फण्डको सूचीकरण खारेज भएको छ । योजनाको अवधि परिपक्क भएसँगै नेप्सेले २०८० पुस २४ गतेदेखि लागू हुने गरी फण्डको इकाईको दोस्रो कारोबार बन्द गरेको हो ।
एनआईबिएल प्रगति फण्डको योजना अवधि २०८० पुस २६ गतेबाट परिपक्क हुँदैछ । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३१ उपनियम ९७० बमोजिम एनआईबिएल प्रगति फण्डको योजना खारेजी सम्बन्धमा २०८० पुस २४ गते सूचना प्रकाशित गर्न लागिएको योजना व्यवस्थापकले जनाएको छ ।