काठमाडौं । एनआईबिएल सहभागिता फण्डले गत आर्थिक वर्ष (आव) ०७९/८० को लाभांश वितरण गर्न शुरु गरेको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा लाभांश वितरण गर्न शुरु गरेको जानकारी दिएको हो ।
यस योजनाले गत वर्षको मुनाफाबाट करसमेत ४ प्रतिशत वितरण गरेको हो । योजनाले लाभांश पुनः लगानी गर्न सकिने व्यवस्थासमेत गरेको थियो ।
खुलामुखी प्रकृतिको यस योजनामा सहभागी इकाईधनीहरूले कर तथा निर्धारित डिपि शुल्क कट्टा गरी बाँकी रहेको रकमबाट यस योजनाको थप इकाईहरू खरीद गर्न सकिने व्यवस्था गरिएको छ । लाभांश पुनः लगानी योजनामा सहभागी इकाईधनीहरूको योजनाअन्तर्गत प्राप्त थप इकाई निकट भविष्यमा जम्मा गरिने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।
यस वर्षको लाभांश प्रयोजनका लागि साउन ११ गते बुक क्लोज गरिएको हुँदा साउन १० गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।