काठमाडौं। एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)को सदस्य बनेको छ । पीक्याफ विश्वव्यापी वित्तीय संस्थाको सहकार्यमा ल्याइएको विश्वव्यापी पहल भएको बताइएको छ, जसले वित्तीय संस्थाको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित गर्ने बताइएको छ ।
पीक्याफसँग ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्था आबद्ध छन् । यसैगरी उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रहरूमा यसको सहकार्य विस्तार भइरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ अगाडि बढिरहेको बेला बैंकले पनि कार्बन उत्सर्जन मापन, दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी रूपान्तरणसँगै जलवायुमैत्री रणनीति निर्माणमा बैंक प्रतिबद्ध रहेको बताए ।