काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डेप्ट फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ७७ पैसा रहेकोमा फागुनमा बढेर १० रुपैयाँ ८४ पैसा पुगेको हो ।
न्याभसँगै फण्डको नाफामा पनि वृद्धि भएको छ । माघ मसान्तसम्ममा फण्डले रू. ४ करोड २८ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. ४ करोड ७४ लाख पुगेको हो ।
फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको कुल आम्दानी रू. ५ करोड १ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ५ करोड ५८ लाख पुगेको छ ।
त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १९ करोड ८४ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. २१ करोड ५५ लाख पुर्याएको हो । फागुन मसान्तसम्ममा यस फण्डले ऋणपत्रमा रू. ३२ करोड ११ लाख लगानी गरेको छ । सो अवधिमा फण्डले मुद्दति निक्षेपमा रू. ८ करोड ७० लाख लगानी गरेको छ ।