बीमा समितिले गत महीना शुरू गरिएको एनबी इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सम्पत्ति र दायित्व मूल्याङ्कन (ड्यू डिलिजेन्स अडिट–डीडीए) जारी रहेको बताएको छ । एनबीको वित्तीय अवस्था कमजोर भएकाले समितिले कम्पनीको सम्पूर्ण कारोबार बन्द गरी डीडीए थालेको हो । प्राइम लाइफ इन्स्योरेन्समा भने आर्थिक अनियमितता भएको आशङ्कामा समितिले डीडीए गरेको हो । समितिले दुवै कम्पनीलाई डीडीए गर्न दिएको निर्देशन पालना नगरेपछि आफैले सो कार्य अघि बढाएको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.