एक चिनियाँ ‘के पप’ गायकले सामाजिक सञ्जालमा सर्वाधिक कमेण्ट पाएको आधारमा गिनिज बूक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएका छन् । उनले आफूद्वारा गरिएको पोष्टमा सर्वाधिक कमेण्ट आएकै कारण विश्व कीर्तिमान राख्न सफल भएका हुन् । उक्त कीर्तिमान राख्न भाग्यमानी पप गायक हुन् लुहान । उनी चिनियाँ पप समूह ‘ई एक्स ओ’स“ग सम्बन्धित छन् ।
हालै मात्र उनले एक चिनियाँ सामाजिक सञ्जाल ‘वोइबो’मा गरेको फूटबलस“ग सम्बन्धित पोष्टमा १ करोड ३१ लाख ६३ हजार ८ सय ५९ कमेण्ट प्राप्त गरेका छन् । यसैको आधारमा विश्व कीर्तिमानको रेकर्ड राख्ने गिनिज बूकले उनलाई कीतिर्मानको प्रमाणपत्र प्रदान गरेको हो । उनले उक्त पोष्टमा भनेका थिए, ‘मैले यसकारण म्यानचेष्टर युनाइटेडलाई माया गर्छु ।’ वोइबोमा उनले सो पोष्ट सन् २०१२ को सेप्टेम्बर १० मा गरेका थिए । यसै वर्षको गत अगष्ट ५ मा उक्त पोष्टमा कमेण्ट सङ्ख्या १ करोड ३१ लाख ६३ हजार ५ सय ५९ पुगेको हो ।
अहिले पनि यो पोष्टमा कमेण्ट आउने क्रम जारी नै छ । समाचार उल्लेख गर्दासम्म पोष्टमा कमेण्टको सङ्ख्या १ करोड ३४ लाख नाघिसकेको छ । यसैबीच, ईएक्सओ समूहका प्रमुख गायक रहेका लुहानले मिस ग्रायनी फिल्ममार्फत चलचित्र अभिनय यात्रासमेत शुरू गरेका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.