जापानी एनिमेटर तथा इञ्जिनीयरहरूको एक टोलीले १८ मिटर अग्लो रोबोट निर्माण गर्ने भएका छन् । उनीहरूले जापानी विज्ञानका लाखौं प्रशंसकहरूका लागि यो रोबोर्ट बनाउन लागेको बताएका छन् । ‘मोबाइल शूट गुनडम’ नामक यो रोबोर्ट सन् १९७९ मा जापानमा आंशिक रूपमा प्रयोग गरिएको थियो, जसको उत्पादन अन्तरिम लडाइँका क्रममा बन्द गरिएको थियो । सो समयमा यस खालको रोबोर्टले जापानपछि एशिया र यूरोपका विभिन्न देशमा लोकप्रियता हासिल गरेको थियो । त्यस्तै, सन् २००९ मा टोकियो पार्कमा समेत एक शोको ३०औं वार्Èिकोत्सव समारोहमा १८ मिटर अग्लो गुनडम रोबोर्ट देखाइएको थियो । उक्त घटनालाई स्मरण गर्दै जापानी वैज्ञानिक योशियुकी तोमिनोले पत्रकारस“ग भने, ‘मैले ३५ वर्Èपहिले गुनडमको आविष्कार गरेको थिएँ ।’ तर, त्यतिबेला आफूले खुलेर कल्पनाको प्रयोग नगरेकाले यो वास्तविक नभएको उनले बताएका छन् । उनले थपे, ‘जब हामी आफ्ना केही सपनाको रचना गर्न शुरू गर्छौं, त्यसको ४ दशकपछि मात्रै उक्त काम परिपक्व भएर देखिन्छ ।’ सोही क्रममा उनले अब आफ्नो योजना उक्त विशाल गुनडम रोबोर्टलाई केही चाल दिने र आफ्ना प्रशंसकसमÔ प्रस्तुत गर्ने रहेको बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.