काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ५ दशमलव ७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कुल लाभांशमध्ये ५ दशलमव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्तावित लाभांश नियामक बीमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीले पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड पुग्नेछ ।