काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ ।
प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको जानकारी दिए ।
अब कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड छ । यस पूँजीको आधारमा कम्पनीले ९६ लाख ३१ हजार २२ हजार कित्ता हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो ।
बीमा प्राधिकरणको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरूले यही असार मसान्तसम्ममा चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्याउनुपर्ने छ ।