काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १०ः६.६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक २ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो ।
निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पु¥याउन निर्देशन दिएको हो ।