काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १ ले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ३६ करोड ८२ लाख लगानी गरेको छ ।
यो लगानी असार मसान्तसम्ममा रू. ३७ करोड ९० लाख थियो । यस आधारमा फण्डको सूचीकृत धितोपत्रमा लगानी केही घटेको छ ।
त्यस्तै यस फण्डको न्याभ पनि घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ १२ रुपैयाँ १४ पैसा रहेकोमा साउन मसान्तमा १२ रुपैयाँ ०६ पैसामा झरेको हो । यस फण्डले असार मसान्तसम्ममा फण्डले रू. ९ करोड ५२ लाख नाफा कमाएकोमा साउन मसान्तमा रू. ८८ लाख नोक्सानीमा रहेको हो ।
साउनमा फण्डको आम्दानी रू. ६६ लाख ६२ हजार ऋणात्मक रहेकोले नोक्सानीमा रहेको हो ।