काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको नेप्से मार्फत जनाएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट पनि कुनै पनि लाभांश दिएको थिएन । यस आधारमा लगातार दुई आर्थिक वर्ष लगानीकर्ताको हात खाली भएको छ ।