काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टीले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डले कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा सूचीकृत शेयरमा लगानी घटाएको छ ।
कात्तिक मसान्तसम्ममा यस फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब २३ करोड लगनी गरेकोमा मंसिर मसान्तमा घटाएर रू. १ अर्ब १४ करोडमा झारेको छ । त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि कात्तिकको तुलनामा मंसिरमा घटेको छ ।
कात्तिक मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ७ पैसा रहेकोमा मंसिर मसान्तमा ११ रुपैयाँ ५१ पैसामा झरेको हो ।
फण्डले मंसिर मसान्तसम्ममा रू. १६ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा ३० प्रतिशत कमी हो । सो अवधिमा फण्डले रू. २३ करोड २८ लाख नाफा कमाएको थियो । मंसिर महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घट्न पुगेको हो ।
कात्तिक मसान्तमा फण्डको जम्मा आम्दानी रू. २४ करोड २८ लाख रहेकोमा मंसिर मसान्तमा रू. १७ करोड ४० लाखमा सीमित भएको छ ।