काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टीले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तमा रू. १७ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा १९ दशमलव ३६ प्रतिशत बढी हो । सो अवधिमा फण्डले रू. १४ करोड ९७ लाख नाफा कमाएको थियो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
माघ मसान्तमा फण्डको कुल आम्दानी रू. १६ करोड ६३ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. १९ करोड ७५ लाख पुगेको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ४१ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको हो ।
त्यस्तै फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ९ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी माघ मसान्तमा रू. १ अर्ब ११ करोड थियो । यस आधारमा फण्डले माघको तुलनामा फागुनमा सूचीकृत शेयरमा लगानी केही घटाएको छ ।