काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तमा रू. १० करोड ३१ लाख नाफा कमाएको छ । यो नाफा पुस मसान्तमा रू. ९ करोड ९७ लाख थियो ।
पुसको तुलनामा माघ महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । पुस मसान्तमा फण्डको कुल आम्दानी रू. १२ करोड ५३ लाख रहेकोमा माघ मसान्तमा बढेर रू. १३ करोड ३२ लाख पुगेको छ ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि वृद्धि भएको छ । पुस मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३६ पैसा रहेकोमा माघ मसान्तमा बढेर १० रुपैयाँ ३७ पैसा पुगेको छ ।
त्यस्तै फण्डले माघ मसान्तमा सूचीकृत शेयरमा रू. २ अर्ब ३६ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी पुस मसान्तमा रू. २ अर्ब २५ करोड थियो ।