काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाई बुधवार नेप्सेमा सूचीकृत भएको छ । फण्डको १२ करोड २१ लाख इकाई सूचीकृत भएको हो ।
यस फण्डकोे इकाई सूचीकृत भएसँगै भोलि बिहीवारबाट कारोबारमा आउनेछ। स्टक सिम्बोल एनएसआईएफ २ रहेको छ । क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म एमएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड- २ को इकाई निष्कासन गरेको थियो । उक्त फण्ड एनएमबि क्यापिटलले शुरू गरेको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालनमा रहेको छ ।