logo
एनसेललाई उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको अवार्ड
एनसेललाई उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको अवार्ड
२२ चैत्र २०८१

काठमाडौं । देशको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले 'कर्पोरेट बिजनेश अवार्ड, २०२५' अन्तर्गत "बहुराष्ट्रिय कम्पनी अफ द इयर" को उपाधि हासिल गरेको छ। कर्पोरेट मिडिया ग्रुपले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा यो अवार्ड प्रदान गरेको हो।  

सम्मान प्रदान रक्षामन्त्री मानवीर राई, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा र कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष सुष्मा महराले संयुक्त रूपमा एनसेललाई यो सम्मान प्रदान गरे। 

कम्पनीका मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले अवार्ड ग्रहण गर्दै भनिन्, "यो पुरस्कारले एनसेलको प्रविधि र समाजप्रति प्रतिबद्धतालाई मान्यता दिएको छ। हामी नेपालको डिजिटल र सामाजिक विकासमा अग्रसर रहने छौं।" 

एनसेलले ५जी प्रविधि, डिजिटल इन्क्लुजन र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखी आगामी वर्षहरूमा पनि नेपालको विकासमा सहभागी हुने घोषणा गरेको छ।  एनसेलले व्यावसायिक सफलता र सामाजिक उत्तरदायित्वबीचको सन्तुलन कायम गरिरहेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.