७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि निर्यातलाई प्रत्येक वर्ष २० प्रतिशतको दरमा डलर मूल्यमा वृद्धि गर्नुपर्छ । यसका लागि दीर्घकालीन योजनाको आवश्यकता छ । निर्यातमा विभिन्न मुलुकमा बाधाअड्चन छन् । यसको अन्त्यका लागि द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय फोरम वार्ताको माध्यमबाट उपयोग गरी हल गर्नुपर्छ । निर्यात बढ्नुको सोझो सम्बन्ध उत्पादन वृद्धिसँग हुन्छ । यसो भयो भने नयाँ रोजगारीको अवसर पनि सृजना हुन्छ । नयाँ रोजगारीले गरीबी निवारण पनि गर्न सकिन्छ । त्यसैगरी अर्को समस्या भनेको आपूर्ति पक्ष पनि हो । खासगरी बिजुली, बाटोघाटोको राम्रो सुविधा छैन । दक्ष जनशक्तिलाई मुलुकमै रोक्न सकिएको छैन ।
(व्यापारविज्ञ डा. रत्नाकर अधिकारीसँगको कुराकानीबाट) वर्ष ८, अंक १५३, मंगलवार, ८ फागुन, २०६९