काठमाडौं । नेपालको चाउचाउ ब्रान्ड वाइ वाइले नयाँ स्वादमा ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ बजारमा ल्याएको छ ।
५० रुपैयाँमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गरी ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
वाइ वाइले चार दशकदेखि विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ । उपभोक्ताको बदलिँदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै विभिन्न स्वादका नयाँ विकल्पहरू बजारमा ल्याउँदै आएको सीजी फुड्सले जानकारी दिएको छ ।
यस उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउने र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
वाइ वाइले हालसालै ‘स्पाइसवर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा पनि शुरु गरेको छ । उक्त प्रतियोगितामा भाग लिने सहभागीमध्ये हरेक साता सबैभन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताहरूको व्यवहार, इच्छाहरू र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्यौं। विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौं। प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो,’ कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले भने ।
वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्सको प्याकेजिङ समेत अन्य ब्राण्डभन्दा भिन्न, आकर्षक र युवालक्षित रूपमा डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
‘पिरोपनको परिभाषा व्यक्ति अनुसार फरक हुन्छ । कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने कसैले सन्तुलित मसला रुचाउँछन् । हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौं । वाइ वाइको यो नयाँ हट एण्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेमा हामी विश्वस्त छौं,’ सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले भने ।