logo
एनसेलले ग्राहकहरूका लागि ‘सधैं अन रोमिङ’प्याक सार्वजनिक, भारतकमा पनि चल्ने
एनसेलले ग्राहकहरूका लागि ‘सधैं अन रोमिङ’प्याक सार्वजनिक, भारतकमा पनि चल्ने

काठमाडौं । ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले नयाँ ‘सधैं अन १७९९ रोमिङ’ प्याक शुरू गरेको छ । यस प्याकमा नेपालभर निर्बाध सञ्चार सेवा, मनोरञ्जन सुविधा, र भारत यात्राका लागि विशेष लाभ समावेश छन्।

प्रमुख विशेषताहरू:

  • २८ दिनको म्याद: अनलिमिटेड अल-नेट कल, १०० जीबी हाई-स्पिड डेटा, अनलिमिटेड युट्युब प्रयोग
  • भारत रोमिङ: ६०० एमबी डेटा, १० मिनेट आगमन कल, १० मिनेट बाह्य कल (भारत र नेपालमा)
  • बीमा सुविधा: दुर्घटना भएमा रु. १ लाख सम्मको अस्पताल खर्च (भर्ना र ओपीडी)
  • सुविधाजनक सदस्यता: १२३७*६# डायल गरेर तत्काल सक्रिय गर्न सकिने

रु. १,७९९ (करसहित) मा उपलब्ध यस प्याकले ग्राहकहरूलाई देशभित्र र विदेशमा पनि निर्बाध सञ्चार, रोमिङ सेवा, र सुरक्षाको ग्यारेन्टी दिन्छ । एनसेलका चिफ कमर्सियल अफिसर उमर मोहसिनले भने, “यो प्याक विशेष गरी यात्रुहरूको सञ्चार आवश्यकता केन्द्रित गरी बनाइएको हो । यसले प्रायोजित डेटा, अनलिमिटेड कल, र आकस्मिक सुरक्षा जस्ता सुविधाहरू एकै ठाउँमा उपलब्ध गराउँछ।”

 साथै, एनसेलले विदेश यात्रामा पनि ग्राहकहरू सधैं कनेक्टेड रहुन सहज समाधान पुर्याएको दाबी गरेको छ। भारतमा रोमिङ गर्दा ग्राहकहरूले अतिरिक्त शुल्क बिना नै डेटा र कल सुविधा प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.