काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।
चैत १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा इवाहाङलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चैत ११ गतेदेखि लागू हुने र चार वर्ष अवधिको रहने जानकारी पनि कम्पनीले दिएको छ ।
इवाहाङ कम्पनीका वरिष्ठ प्रबन्धक रहेका थिए । यसअघिका सीईओ चन्द्र अधिकारीको नियुक्ति खारेज गरी कम्पनीले नयाँ सीईओ नियुक्त गरेको हो । गत पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरे पनि चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।
अधिकारीको नियुक्तिका सम्बन्धमा सञ्चालक समितिको सर्वसम्मत निर्णय नभएको जानकारी कम्पनीले दिएको छ ।