काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र इवाहाङको नियुक्ति खारेज भएको छ ।
कम्पनीले नेपाल राष्ट्र बमोजिमको निर्देशनबमोजिम इवाहाङको नियुक्ति खारेज गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत जानकारी दिएको छ ।
कम्पनीले नेप्सेलाई पठाएको पत्रअनुसार, गत आइतवार बिहान १०ः३० बजे बसेको कम्पनी सञ्चालन समिति बैठकले इवाहाङलाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यसपछि उक्त निर्णयबारे कम्पनीले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा पत्राचार गरेको थियो ।
त्यसपछि राष्ट्र बैंकले सीईओ नियुक्तिसम्बन्धी हालसम्म भएका कार्यहरू रद्द गर्न निर्देशन दिएपछि सोही दिन अपराह्न ४ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले इवाहाङको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।