काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
मंगलवार विद्युत प्राधिकरणको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
त्यसअघि उनी आफ्नो नियुक्तिपत्र लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका थिए । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।
सबै तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान