काठमाडौं । नेपालमा विपद्को समयमा निकासीजन्य वस्तुहरूको ढुवानीमा उच्च सुरक्षाका लागि इमरजेन्सी सुविधा ‘अन एक्सपर्ट ड्युटी’ प्रदान गर्नेसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ ।
व्यापार तथा निकासी केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा निर्यातका लागि नीतिगत र कार्यगत निकासीजन्य वस्तुहरूको ढुवानी सुरक्षा र सुविधाको सम्बन्धी विषयमा छलफल भएको हो ।
सो अन्तरक्रिया कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा, निजी क्षेत्रबाट गार्मेन्ट एसोसियसन अध्यक्ष पशुपति देव पाण्डेलगायत इकोन, पश्मिना एसोसियसन, नेपाल हस्तकला महासंघलगायत विभिन्न संघ÷महासंघ विभिन्न निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले एक प्रस्तुतीकरण दिँदै बंगलादेशमा निकासीजन्य ट्रान्सपोर्ट सिस्टममा राज्यले दिएको विशेष सुविधा र व्यवस्था सम्बन्धी जानकारी गराए ।
कार्यक्रममा सहभागीहरूले राज्यले आफ्नो नीतिमा सुधार गर्दै निकासीलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनीहरूले निकासी एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने र विशेष निर्यात करिडोरको व्यवस्था गर्नुपर्ने माग गरे । साथै क्रस बोर्डर इमेर्जेन्सी ट्राभललाई विशेष प्राथमिकता दिनुपर्नेमा पनि सहभागीले जोड दिए ।