हालै नेपाल सरकारले कतार र साउदी अरबका लागि नेपाली कामदारको आधारभूत तलब निर्धारण गर्यो । तर, सरकारले यो विषयमा व्यवसायीसँग कुनै रायसुझाव लिएन । हामी व्यवसायी पनि नेपाली कामदारले राम्रो तलबसुविधा पाऊन् भन्ने नै चाहन्छौं । तर, गन्तव्य मुलुकका रोजगारदाताले नेपाल सरकारले तोकेको तलब दिन्छन् दिँदैनन् भन्ने कुरा मुख्य हो । अध्यागमनका कर्मचारीले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनेक कारणले दु:ख दिइरहेका छन् । यसबाट व्यवसायीले नोक्सानी बेहोर्नु परिरहेको छ । यस्तो अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन ।
(वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव कमल तामाङसँगको कुराकानीबाट) वर्ष ८, अंक १५२, सोमवार, ७ फागुन, २०६९