काठमाडौं। सामसुङ नेपालले ग्यालेक्सी फाइभजीका ए५६, ए३६ र ए२६ सिरिजका फोन सार्वजनिक गरेको छ । पहिलो पटक ग्यालेक्सी ए सिरिजमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधि समावेश यी स्मार्टफोनमार्फत थप सृजनशीलता परिभाषित हुने बताइएको छ ।
यसका परिस्कृत टिकाउपनका साथै सुरक्षा र गोपनीयता जस्ता थप विशेषताले प्रयोगकर्तालाई सुरक्षित र दीर्घकालीन मोबाइल अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउनेछ ।
सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले नयाँ ग्यालेक्सी सिरिजका फोनले ग्यालेक्सीको एआई अनुभवलाई अगाडि ल्याएर ‘सबैका लागि एआई’को मान्यतामा अगाडि बढेको बताए । १२/२५६ जीबीको ए५६ को मूल्य ७० हजार ९९९ र ८/२५६ को मूल्य ६५ हजार ९९९ रहेको बताइएको छ । त्यस्तै १२/२५६, ८/२५६ र ८/१२८ जीबी क्षमताको ए३६ को मूल्य क्रमश ५९,९९९, ५४,९९९ र ४८,९९९ रुपैयाँ रहेको छ । ए२६ को मूल्य ४५ हजार ९९९ रुपैयाँ कायम गरिएको र यो फोनको स्टोरेज क्षमता ८/५६ जीबीको रहेको बताइएको छ । इच्छुक ग्राकहले सबै फोन मासिक २ हजार ३०० रुपैयाँ किस्ताबन्दीमा किन्न सक्ने कम्पनीले जानकारी दिएको छ ।