काठमाडौं,। मोबाइल फोन ब्रान्ड ‘ब्ल्याकभ्यू’ले नेपालका लागि आफ्नो आधिकारिक विक्रेता रियल डिल प्रालिमार्फत नयाँ चार स्मार्टफोन सार्वजनिक गरेको छ । यी स्र्माटफोन अत्याधुनिक र बलियो रहेको कम्पनीको भनाइ छ । यी स्मार्टफोन स्टाइलिस तथा बलियो मात्र नभई डस्ट र वाटर प्रुफसमेत रहेको बताइएको छ ।
कम्पनीका अनुसार बीभी६२०० प्लसको मूल्य रू. २४ हजार ९९९ कायम गरिएको छ । ११ हजार एमएएच ब्याट्री क्षमताको यो फोन ८ जीबी र्याम र २५६ जीबी स्टोरेज स्पेश छ । त्यस्तै बीभी७३०० को मूल्य रू. ३१ हजार ९९९ रहेको र यसमा शक्तिशाली प्रोसेसर, लामो समय टिक्ने ब्याट्री, अल्ट्रा क्लियर क्यामेरा रहेको बताइएको छ । मूल्य रू. ३९ हजार ९९९ कायम गरिएको बीभी८२०० १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ । कम्पनीले बीभी९३०० प्रो रू. ३७ हजार ९९९ मा उपलब्ध गराउने बताइएको छ । १५ हजार एमएएच क्षमताको ब्याट्री रहेको यो फोनको स्टोरेज क्षमता १२ जीबी र्याम र २५६ जीबी रहेको बताइएको छ ।