काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहसंग ७ लाख ९३ हजार जरिवाना माग गरेको छ । शुक्रबार तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका कारण भौतिक क्षति तथा फोहोर व्यवस्थापन लगायतमा महानगरले जरिवाना लगाएको हो ।
महानगरले पूर्वराजा शाहको नाममा उक्त रकम जरिवाना स्वरूप माग गर्दै आठओटा पत्र काटेको छ । शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक आन्दोलनमा महानगरको दमकलमा क्षति पुर्याएको, सडकपेटीमा जथाभावी फोहोरमैला गरेको, रुख, बिरुवा र रेलिङ तोडफोड, तीनकुनेको आइल्याण्डमा तोडफोड लगायत अन्य सार्वजनिक सम्पत्तिहरूमा ठूलो क्षति पुगेको थियो । आन्दोलनको क्रममा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते छन् ।
राजावादी समर्थकहरूले गरेको उग्र प्रदर्शनले शुक्रबार दिनभर तीनकुने क्षेत्रलाई तनावपूर्ण बनाएको थियो । महानगरले यस्तो हिंसात्मक घटनाको जिम्मेवारी पूर्वराजा शाहमा पर्ने भएकाले जरिवाना लगाइएको बताएको छ ।
कुन शीर्षकमा कति वरिवाना ?
सडकपेटीमा जथाभावी फोहोरमैला गरेको
१) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटी – १ लाख
२) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटी– १ लाख
३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटी– १ लाख
४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटी– १ लाख
५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटी– १ लाख
६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटी– १ लाख
अन्य क्षेति
१) महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
२) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
३) तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार
पत्रहरू हेर्नुहोस्