रूपन्देहीका उद्योगीहरूले बुटवल औद्योगिक क्षेत्र विस्तार गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग माग गरेका छन् । रूपन्देही उद्योग सङ्घले आइतवार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष देवेन्द्रकुमार यादवसँग बुटवलमा भेट गरी त्यस्तो माग गरेको हो । वन र उद्योग मन्त्रालयबीच समन्वय नहुँदा बुटवल औद्योगिक क्षेत्र विस्तारको काम रोकिएको छ ।
सङ्घका अध्यक्ष तेजकुमार पाठकले औद्योगिक क्षेत्र विस्तार गरिए रूपन्देहीका उद्योगलाई केही हदसम्म भए पनि राहत पुग्ने बताए । ‘हामीले नयाँ औद्योगिक क्षेत्र स्थापनाका बारेमा पनि ध्यानाकर्षण गरायौं,’ अध्यक्ष पाठकले भने । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष यादवले बुटवल धागो कारखानाको जग्गा तत्काल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले फिर्ता लिई उद्योगहरू स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । बुटवल औद्योगिक क्षेत्रमा रहेको धागो कारखाना हाल बन्द छ ।
वर्ष ८, अंक १५२, सोमवार, ७ फागुन, २०६९