काठमाडौं । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवा शुभारम्भ भएको छ ।
भैरहवा शाखामा आयोजित कार्यक्रममा बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्य र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको हो ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्न उक्त सेवा प्रारम्भ गरेको जानकारी दिएको छ । यस सेवाले ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास लिइएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकले हालै मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको जनाएको छ ।