काठमाडौं। बिहीवारदेखि पोखरामा शुरू भएको ‘वाडा अटो शो–२०२५’ मा नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ इलेक्ट्रिक गाडी कर्भ ईभी एसयुभी कूप र नेक्सन के३ ईभी सार्वजनिक गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्स रिजनल कस्टमरकेयर (दक्षिण एसिया) हेड रनधीरकुमार चौधरी र टाटा मोटर्सका देशीय निर्देशक प्रसन्न रङ्गनाथनले संयुक्त रूपमा नयाँ ईभी सार्वजनिक गरेका हुन् । नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएशन (वाडा)को संयुक्त आयोजनामा पोखरामा ‘वाडा अटो शो–२०२५’ को आयोजना भएको हो ।