काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत बैंकले देशभरका विभिन्न शाखामार्फत स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ । सो अवसरमा बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।
बैंकले आफ्नो सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको जानकारी दिएको छ । वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजार जनाभन्दा बढी व्यक्ति प्रत्यक्षरूपमा लाभान्वित भएको बैंकले जनाएको छ ।
बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।