काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा शुक्रवार होटल क्लासिक सिमरा बारामा सम्पन्न भएको हो ।
साधारण सभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि आवश्यक शून्य दशमलव ४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
यस्तै, ७ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै सभाले बोनस शेयर र हकप्रद वितरणपछिको हदसम्म जारी र चुक्तापूँजी स्वीकृतिको अजेण्डा बैठकले पारित गरेको हो ।
त्यस्तै सभाले शेयर संरचना परिवर्तन पछि सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।