logo
गाउँले जन-जीवन दर्शाउने केही तस्वीर
गाउँले जन-जीवन दर्शाउने केही तस्वीर
A
२० माघ २०८०

घाँस दाउरा ल्याउँदै


प्युठानको गौमुखी गाउँपालिका–१ अर्खा भुजेलमाराको जङ्गलबाट घाँस दाउरा ल्याउँदै स्थानीय ।

घाँस ओसार्दै खच्चड


बागलुङको ढोरपाटन नगरपालिका-९ फल्लेघरमा घाँस ओसार्दै खच्चड । पछिल्लो समय दुर्गम स्थलसम्म कच्चीसडक सञ्जाल पुगेसंगै ढुवानीका लागि खच्चडको प्रयोग हराउँदै गएको छ ।

ठाडाखानी गाउँ
अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित ठाडाखानी गाउँ । ठाडाखानीलाई म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरी सांस्कृतिक पानोरमा पदमार्गमा समेटिएको छ ।

मूर्ति बनाउँदै


महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सरस्वती पूजाको लागि मूर्ति बनाउँदै कालिगड । श्रीपञ्चमी (वसन्त पञ्चमी) यहि फागुन २ गते मनाइदै छ ।

घरेलु मर्चा बेच्दै महिला


घरेलु मदिरा बनाउनका लागि चाहिने मर्चा दमकको हाटखोलामा बेच्दै मोरङ, पथरीका एक व्यापारी महिला  ।

तस्वीर सबै रासस

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.