काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट गत महीना ६ हजारभन्दा बढी यात्रुले आवागमन गरेका छन् ।
विमानस्थलका अनुसार गत फेब्रुअरीमा भएका कुल ११५ उडान अवतरणमार्फत ६ हजार ७७९ यात्रुले हवाई यात्रा गरेका हुन् ।
यो संख्या विमानस्थलमा उडान शुरु भएयताकै उच्च हो । विमानस्थलबाट उडान शुरु भएको महीना गत नोभेम्बरमा ४ हजार २७९ जनाले यात्रा गरेका थिए । २०२४ डिसेम्बरमा ३ हजार ८७८ र २०२५ जनवरीमा १ हजार ३६५ जनाले विमानस्थलबाट यात्रा गरेको तथ्यांक छ ।
सो अवधिमा फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको छ । त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुले यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए ।