काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत महीनामा देशभरका १३४ ओटा मालपोत कार्यालयबाट लिखत पारित, नामसारी, संशोधन, हाल साविक, रोक्का, फुकुवा लिखत पारित लगायतका कारोबारमा वृद्धि भएको छ ।
तथ्यांक अनुसार चैतमा १ लाख ४७ हजार ४१६ ओटा कारोबार भएका छन् । विभागको तथ्यांक अनुसार गत फागुनमा १ लाख ३६ हजार ४६ ओटा कारोबार भएका थिए । चैतमा देशभर ४९ हजार ८३२ ओटा लिखत पारित (रजिष्ट्रसन) भएका छन् । फागुनमा देशभर ४६ हजार ६१ ओटा लिखत पारित (रजिष्ट्रसन) भएका थिए । गत माघ महीनामा १ लाख ३२ हजार ३१ कारोबार हुँदा ४६ हजार ६९ ओटा लिखत पारित भएका थिए ।
चैतमा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट सबैभन्दा धेरै १ हजार ८९६ ओटा लिखत पारित भएका छन् । त्यस्तै सबैभन्दा कम कारोबार हुने मालपोत कार्यालय सिंजा, नराकोट, जुम्लामा चैतमामा जम्मा ४ ओटा कारोबार हुँदा २ ओटा मात्रै लिखत पारित भएका छन् ।
सबैभन्दा धेरै कारोबार गर्ने १० मालपोत कार्यालय
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | १८९६ | ४७७५ |
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १८०४ | ७०२१ |
मालपोत कार्यालय बेलवारी, मोरङ | १७१४ | ४३९० |
भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १५३८ | ३२६९ |
भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १४०९ | २६८३ |
भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा, सर्लाही | १२४७ | २५६७ |
भूमिसुधार तथा मालपोत कार्यालय सिराहा | ११६१ | १८५७ |
भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलाली | १०८५ | ३०४२ |
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | १०६१ | ३६३९ |
भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर, मोरङ | १०२३ | २८८६ |
राजस्व संकलन बढ्यो
विभागको तथ्यांक अनुसार पछिल्ला ३ महिनमायता राजस्व संकलन पनि बढेको छ । चैतमा भएका जम्मा कारोबारबाट ४ अर्ब ७८ करोड लाख ७३ हजार ६८५ रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये रजिष्ट्रेशन शुल्कमार्फत २ अर्ब ३८ करोड ७६ लाख ११ हजार ६४० रुपैयाँ राजस्व संकलन भएको छ ।
गत फागुनमा भएका जम्मा कारोबारबाट ४ अर्ब १२ करोड ३१ हजार ७४ रुपैयाँ राजश्व संकलन भएको थियो । यसमध्ये रजिष्ट्रेशन शुल्कमार्फत २ अर्ब २० करोड ३७ लाख ८९ हजार ४३४ रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै, गत माघमा सोही प्रकारका सेवाबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व संकलन भएकोमा २ अर्ब ५१ करोड ९४ लाख ३५ हजार ३९ रुपैयाँ रजिष्ट्रेशन शुल्कबापत संकलन भएको थियो ।
विभागले लगाउँदै आएको सेवा कर, बागमती, रजिष्ट्रेशन दस्तुर, अतिरिक्त शुल्क, डोर सुविधा शुल्क, पूँजीगत लाभ कर, जग्गाधनी प्रमाण पुर्जा प्रिन्ट शुल्क, अनलाइन प्रिन्ट शुल्क, रिकभर छूट, विलम्ब शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यता, रोक्का दस्तुर, डोर सुविधा शुल्क लगायतका कारोबारबाट सो बराबरको राजस्व संकलन भएको हो ।
चैतमा सबैभन्दा धेरै राजस्व संकलन गर्ने मालपोत कार्यालय लगनखेल, ललितपुर छ । जहाँ ३७ करोड ८९ लाख १७ हजार ५४० रुपैयाँ राजस्व संकलन हुँदा रजिष्ट्रेसनबापत २१ करोड ४४ लाख ८५ हजार ८६० रुपैयाँ उठेको छ ।
यो महीना सबैभन्दा कम राजस्व संकलन गर्ने मालपोत कार्यालय सिंजा, नराकोट, जुम्लाले जम्मा ९७ हजार ६२४ रुपैयाँ राजस्व संकलन गरेको छ, जसमध्ये रजिष्ट्रेसनबापत २७ हजार ६३६ रुपैयाँ संकलन गरेको छ ।
सबैभन्दा राजस्व संकलन गर्ने १० मालपोत कार्यलय
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | २१४४८५८६० | ३७८९१७५४० |
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौ | १८९६१४५४१ | ३१५६६७८२७ |
मालपोत कार्यालय कलंकी, काठमाण्डौं | १८३१५०५२० | ३३४५४४८३४ |
मालपोत कार्यालय चावहिल, काठमाण्डौं | १७२९७२८७४ | २९८९५८८५१ |
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | १४४०३५८४६ | २७२५७९५३४ |
मालपोत कार्यालय कास्की | १३४७८८०६४ | २३८२१२४४७ |
मालपोत कार्यालय चितवन | ७१६४७३७५ | १३६७७७५२९ |
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | ५७००९६२१ | १०४७०४९३६ |
भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलाली | ५४५७३४८४ | ११३८३२१४० |
मालपोत कार्यालय साँखु, काठमाण्डौं | ५२९५६१७८ | १००१६६०६८ |